बिजुली बजारमा मोटरसाइकल र साइकल ठोक्किँदा एकको मृत्यु

बिजुली बजारमा मोटरसाइकल र साइकल ठोक्किँदा एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको बिजुली बजारमा बिहीबार बिहान मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुरका ३७ वर्षीय अमरराज ताम्राकार रहेका छन्।

ताम्राकारले चलाएको बा ४१ प ५३६ नम्बरको मोटरसाइकल बिहान करिब ४ बजे रड बोकेको साइकलसँग ठोक्किएको थियो । गम्भीर घाइते उनको उपचारको क्रममा नयाँ वानेश्वरस्थित एभरेस्ट अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनापछि साइकल चालक फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।

Logo