प्रदेश २ सरकारले आज लोकसेवा विरुद्ध मुद्दा दर्ता गर्ने

प्रदेश २ सरकारले आज लोकसेवा विरुद्ध मुद्दा दर्ता गर्ने

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज,
संविधानले निर्दिष्ट गरेको समावेसीको सिद्धान्तलाई लोकसेवा आयोगले मर्दन गरेको भन्दै सोको विरुद्ध आफुहरु बिहीबार सर्वोच्चमा मुद्दा दर्ता गराउन लागेको प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताएका छन् ।

प्रदेश सरकारका दुई घटक दल मध्येको राष्ट्रिय जनता पार्टीका प्रदेश संसदीय दलका नेता समेत रहेका सोनलले संविधान र संघीयतालाई असफल बनाउने उदेश्यका साथ आयोगले आरक्षणको संवैधानिक व्यवस्थालाई उल्लंघन गर्दै पछिल्लो समय कर्मचारी भर्नाको विज्ञापन प्रकाशन गरेको आरोप लगाए ।

उक्त विज्ञापनका लागि निर्णय गर्ने, आदेश दिने र फाइल अगाडि बढाउने अधिकारीहरु उपर दण्डको माग गर्दै मुद्दा गर्ने उनले जानकारी गराए । ‘बिहीबार (आज) नै प्रदेश सरकारको तर्फबाट मुद्दा दायर गर्न गइराखेका छौं,’ सोनलले भने, ‘हामीलाई अच्चम लागेको छ, यस्तो पनि मनोमानी हुन्छ ? आज सम्म आयोगका पदाधीकारी र अधिकृतहरुले संविधाननै पढेका छैनन कि ? कि जानीजानी बदमासी गरेका हुन् ? एक पटक संविधान पढ्न आग्रह गर्छु ।’
नागरिकबाट

Logo