आजको मौसम : दिउँसोपछि मेघ गर्जन र हुरीबतास

आजको मौसम : दिउँसोपछि मेघ गर्जन र हुरीबतास

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

पश्चिमी वायुको प्रभावले आजपनि काठमाडौं उपत्यकासहित देशभर बदली रही अपरान्हपछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको उत्तर प्रदेश, पश्चिम बंगाल र विहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावासँगै स्थानीय वायुको प्रभावले आज देशका धेरै ठाउँमा दिउँसोपछि मेघ गर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको हो ।

बिभागका अनुसार पश्चिमको तुलनामा मध्य र पूर्वको धेरै ठाउँमा पानी पर्नेछ । अहिले प्रिमनसुनी गतिविधि सक्रिय देखिएकाले अबको तीन दिन बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको छ । पानी परेपछि देशभरी नै अधिकतम तापक्रम भने घटेको छ । केहि दिन देखिको गर्मी पनि कम भएको छ ।

Logo