कर्मचारीको मिलोमतोमा काभ्रेमा पिच सडक नै विक्रि !

कर्मचारीको मिलोमतोमा काभ्रेमा पिच सडक नै विक्रि !

केन्द्रबिन्दु
0
Shares

काभ्रे,

धुलिखेल नगरपालिका वडा नम्बर ४ मा रहेको सडकको एक खण्ड व्यक्तिले बेचिदिएका छन् । अरनिको राजमार्गदेखि काठमाडौं विश्वविद्यालय जाने मार्गको तीन आना खण्ड बेचिएको हो । स्थानीय मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा सार्वजनिक पिच सडक बेचिएको प्रस्ट देखिँदा पनि दोषी पक्राउ परेका छैनन् । विक्रेता तीन जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।

नक्सामा देखाइएको जग्गा सार्वजनिक सडक रहेको र विक्रेताले २२ लाख रुपियाँ ठगेको थाहा पाई क्रेताहरू उजुरी लिएर प्रहरीकहाँ पुगेपछि एक महिलासहित तीन व्यक्ति पक्राउ परेका हुन् ।

‘सडक बिक्री गरेको उजुरी आए लगत्तै बिक्री गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको छ’, अनुसन्धान अधिकृत जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दीपक रायले भन्नुभयो– ‘प्रारम्भिक अनुसन्धानले मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा उक्त सडक बिक्री भएको देखिएको छ ।’

२०७१ असार २ गते घर बाटो प्रमाणित गरेको सिफारिसकै आधारमा मालपोत कार्यालय काभ्रेले जग्गा पास गरिदिएको छ । २०७१ साल असार २ गतेको सिफारिस पत्रका आधारमा २०७१ असार १२ गते ज्ञानबहादुर मोक्तान र लोकेन्द्र तोलो मिजारले जग्गा खरिद गरेका थिए । साविक काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर ३ (क) को कित्ता नम्बर ६५२ को तीन आना जग्गा पटक–पटक खरिद–बिक्री भएको देखिन्छ ।
नेपाल समाचारपत्रबाट

Logo