काठमाडौं,
सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा भोलि जेठ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले मंगलबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘ईद उल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले भोलि सार्वजनिक बिदा हुनेछ।’

गत वर्ष सरकारले बिदा कटौती गरेपछि मुस्लिम अगुवाहरूले ईदमा बिदाको माग गर्दै आएका थिए। सरकारले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरेको हो।





























प्रतिक्रिया