दैलेख,
आफ्नै श्रीमती र छोरालाई बेचेको आरोप लागेका भैरवी गाउँपालिका–४ भैरीका २१ वर्षीय टेकराज पुरीलाई जिल्ला अदालत दैलेखले सोमबार साढे ३८ वर्ष कैद सजाय र ३ लाख ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासले यस्तो फैसला गरेको जिल्ला अदालतले जनाएको छ । अभियुक्त पुरीलाई अदालतबाट मानव वेचविखनमा २० वर्ष, ओसारपसारमा १५ वर्ष र कुल सजायको थप १० प्रतिशतले हुन आउने साढे तीन वर्षसमेत गरी ३८ वर्ष ६ महिना कैद भएको जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए ।
भारतमा बेचिएकी ती महिला र बालकको माइतीपक्षले गत २०७५ जेठ ९ गते मानव बेचबिखन तथा ओसारपसारमा परेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेका थिए । माइती पक्षले दिएको जाहेरीको आधारमा जिल्लामा महिला तथा बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र शक्ति समूह काठमाडौंको पहलमा आफ्नै श्रीमानबाट बेचिएकी महिला र उनका छोरालाई भारतको बैंग्लोरबाट उद्धार गरिएको थियो ।
अन्नपूर्णबाट































प्रतिक्रिया