प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । तत्कालीन दुई पार्टीको एकताका बेला भएको भनिएको भित्री सहमति सार्वजनिक भएपछि दुई अध्यक्षका बीचमा असमझदारी बढेको थियो । त्यसपछि दुई अध्यक्षको पहिलो पटक भेटवार्ता भएको हो ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षले छलफल गर्दै एकले अर्का नेतालाई आफ्ना सार्वजनिक पछिल्ला अभिव्यक्तिका विषयमा प्रष्ट पार्ने प्रयास भएको बालुवाटार स्रोतले बताएको छ ।

पार्टी सचिवालय बैठकको तयारी र त्यसका लागि पोलिटब्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ । अध्यक्ष प्रचण्डले आफूले सहमतिका विषयमा सार्वजनिक भइसकेका अभिव्यक्ति नै दोहोर्‍याएको तर त्यसलाई सञ्चारमाध्यमले अतिरज्जित बनाउँदै उचाल्न खोजेको धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले भने अभिव्यक्तिले गर्न खोजेको संकेतका विषयमा प्रष्टता आउनुपर्ने धारणा राखेका थिए । दाहालले आफूहरुको एकतामा अनावश्यक रुपमा दरार ल्याउन खोजिएकाले यसमा सचेत हुनुपर्ने र एकतावद्ध भएर पार्टीका बाँकी कामको टुंगो लगाउनु पर्नेमा जोड गरेका छन् ।
अन्नपूर्णबाट

Logo