विमानस्थलमा अवतरण गर्नुपर्ने एयर इन्डियाको जहाज निजगढ पुग्यो । आइतबार विहान एयर इन्डियाको जहाजले ८ः५५ को समयमा त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्नुपर्ने थियो । तर काठमाडौ. निजगढ फन्को लगाईरह्यो ।
त्यो विमानस्थलमा ट्राफिक जाम भएर भने होईन् । विमानले सहि बाटो चिन्न नसक्दा यस्तो भएको । यसलाई मिस एप्रोच भनिन्छ । अर्थात सहि बाटो चिन्न नसक्दा ओभरसुट गरेको हो । नयाँदिल्लीबाट आएको एयरबसको ए ३२०-२१४ सिरिजको जहाजले ओभरसुट गरेको हो ।
विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गरिन्छ । विमानकै समस्याले मिस एप्रोच भएर ओभरसुट गरिएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
विमान फेरि निजगढ पुगेर फेरि अवतरणको लागी आयो र सबा ९ बजे सफल अवतरण गर्यो । एयरपोर्टका अन्य अधिकारीहरुले भने विमान दुर्घटनाबाट जोगिएको बताएका छन् । ओभरसुट सामान्य भएपनि आइतबारको ओभरसुट असामन्य देखिएको विमानस्थलका अधिकारीले बताएका छन् ।































प्रतिक्रिया