काठमाडौं,
देशभर सञ्चालित रहेका कुल ३७ सार्वजनिक संस्थानमध्ये आर्थिक वर्ष २०७४/७५ मा २६ वटा नाफामा रहेका छन् । अघिल्लो वर्षको तुलनामा सार्वजनिक संस्थानको मुनाफामा सामान्य सुधार भएको तथ्यांक सरकारको छ ।
सरकारले गत बुधबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०७६’ अनुसार नाफामा रहेका संस्थानमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीले आव २०७४/७५ मा कुल १७ अर्ब ४८ करोड ३८ लाख रुपैयाँ नाफा गरेको छ ।
यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणले ४ अर्ब ४३ करोड १ लाख, राष्ट्रिय वाणिज्य बैंक ३ अर्ब ६५ करोड ९३ लाख, नेपाल आयल निगम ३ अर्ब ५८ करोड ७४ लाख र कृषि विकास बैंक ३ अर्ब ४४ करोड २३ लाख रुपैयाँ नाफामा रहेका छन् ।
त्यस्तै, नेपाल बैंक लिमिटेड ३ अर्ब २१ करोड ५७ लाख, नेपाल विद्युत् प्राधिकरण २ अर्ब ८४ करोड ८१ लाख, नागरिक लगानी कोष २ अर्ब १७ करोड ५४ लाख, जलविद्युत् लगानी तथा विकास कम्पनी ८० करोड ७६ लाख, राष्ट्रिय बिमा कम्पनी लिमिटेड ५५ करोड १० लाख, निक्षेप तथा कर्जा सुरक्षण निगम लिमिटेड ३७ करोड २८ लाख र नेपाल स्टक एक्सचेन्ज लिमिटेड २६ करोड २ लाख रुपैयाँ नाफा गरेका छन् ।
आव २०७४/७५ मा संस्थानको कुल नाफा ४४ अर्ब ९ करोड ९ लाख पुगेको छ । घाटामा गएका संस्थानको खुद नोक्सानी ६४ करोड २० लाख रहेको तथ्यांक छ । यो नोक्सानी कटाउँदा आव २०७४/७५ मा सबै सार्वजनिक संस्थानको खुद मुनाफा ४३ अर्ब ४४ करोड देखिन्छ । आव २०७०/७१ मा सबै संस्थानको खुद मुनाफा केवल ५ अर्ब ७६ करोड रहेकोमा ५ वर्षमा ४३ अर्ब रुपैयाँ पुगेको छ । सरकारी आँकडाअनुसार केवल पाँचवटा संस्थानले कुल मुनाफाको ८१ दशमलव ७५ प्रतिशत हिस्सा ओगटेका छन् ।
घाटामा गएका संस्थानमा गोरखापत्र संस्थानको २० करोड ६ लाख, नेपाल टेलिभिजन ११ करोड २६ लाख, नेपाल औषधि व्यवस्था लिमिटेड १० करोड ९२ लाख, नेपाल ओरिन्ड एन्ड म्याग्नेसाइट ६ करोड ९९ लाख, नेपाल खानेपानी संस्थान ६ करोड १६ लाख, राष्ट्रिय बीउ बिजन कम्पनी ३ करोड २५ लाख, जनकपुर चुरोट कारखाना ९६ लाख, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र ९१ लाख, राष्ट्रिय आवास कम्पनी ७९ लाख र सांस्कृतिक संस्थान ४४ लाख रुपैयाँ घाटामा रहेका छन् ।
राजधानीबाट































प्रतिक्रिया