के हो प्रधानमन्त्रीको ‘एक्सन रुम’ ? (भिडियोमा)

के हो प्रधानमन्त्रीको ‘एक्सन रुम’ ? (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयमा तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) संचालनमा ल्याएका छन् । प्रधानमन्त्री ओलीले सात वटै प्रदेशमा संचालित राष्ट्रिय गौरवका आयोजनाहरुको समस्या तत्काल समाधानका लागि मुख्यमन्त्रीहरुसँग प्रत्यक्ष भिडियो संवाद गर्ने व्यवस्थासहित सिंहदरबारस्थित आफ्नै कार्यालयमा बुधबार एक कार्यक्रमकाबीच सो एक्सन रुम उद्घाटन गरे ।

प्रदेश सरकारका समस्या र अवस्थाहरुको प्रत्यक्ष जानकारी लिई तत्काल समस्या समाधान गर्न सो एक्सन रुम संचालनमा ल्याइएको प्रधानमन्त्री ओलीले जानकारी दिए । उनले प्रविधिको माध्यामबाट मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिन पनि सो एक्सन रुमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।

त्यस अवसरमा प्रधानमन्त्रीसँग प्रत्यक्ष संवाद गर्दै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेशका समस्याहरु समाधान गर्न सो एक्सन रोमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेका थिए ।

Skip This
Skip This
Logo