काठमाडौं । सरकारी कर्मचारीको तलब २० प्रतिशतले वृद्धि भएको छ । बुधबार आर्थिक वर्ष २०७६/७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गरेका हुन् । राजपत्र अनंकितश्रेणी (अधिकृत तल) का कर्मचारीको तलब २० प्रतिशत बढेको छ भने राजपत्राङ्कित (अधिकृत र त्यो भन्दामाथि) को तलब १८ प्रतिशतले बढेको छ ।
शिक्षक, कर्मचारी, सेना, पुलिस लगायत सरकारी तलब खाने सबैको तलब २० प्रतिशतले बढ्ने भएको हो । सरकारी कर्मचारीको तलब यो पटक तीनवर्षपछि वृद्धि भएको हो । यसअघि ०७३, ०७४ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सबै तहका निजामती कर्मचारीको तलब २५ प्रतिशतले बढाएका थिए । पोशाकभत्ता, महंगी भत्तालगायतका अन्य सुविधा भने यथावत नै राखिएको छ । यसअघि कर्मचारीहरुले पनि तलब बढाउन माग गर्दै आएका थिए ।





























प्रतिक्रिया