चेल्सीले जित्यो युरोपा लिगको उपाधी

चेल्सीले जित्यो युरोपा लिगको उपाधी

केन्द्रबिन्दु
0
Shares

चेल्सीले यो सिजनको युरोपा लिग फुटबलको उपाधी जितेको छ । आर्सनललाई चार–एक गोलले पराजित गर्दै चेल्सीले युरोपाको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगको उपाधी जितेको हो । चेल्सीको जितमा इडेन हाजार्ड नायक बने । उनले टोलीका लागि दुइ गोल गरे ।

अजरबैजानको बाकूमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । तर, दोस्रो हाफमा चेल्सीले आक्रामक खेल प्रस्तुत गर्यो । ४९ औं मिनेटमा ओलिभियर जिरुले आफ्नो पूर्व क्लबविरुद्ध चेल्सिका लागि खाता खाले । त्यसपछि ६०औं मिनेटमा पेड्रोले चेल्सिको अग्रता दोब्बर पारे ।

त्यसको पांच मिनेटपछि हाजार्डले टोलीका लागि तेस्रो गोल थपे । ६९औं मिनेटमा एलेक्स आयोबीले आर्सनलका लागि एक गोल फर्काए । तर ७२ औं मिनेटमा पेनाल्टिमार्फत हजार्डले टोलीका लागि चौथो र ब्यक्तिगत दोस्रो गोल गर्दै खेलमा चार–एकको जित निश्चित गरे ।

सम्भवतः चेल्सिका लागि हाजोर्डका लागि यो अन्तिम खेल हो । उनी अर्को सिजन स्पेपनस क्लब रियल मड्रिड जाने चर्चा छ । यता, उपाधी जित्दै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनौट हुने आर्सनलको सपना पुरा हुन पाए । अब यो सिजनको यूरोपेली क्लब फुटबलमा एक खेल मात्र बाकी रहेको छ । च्याम्पियन्स लिगको शनिवार राती हुने फाइनलमा दुइ इङलिस टोली लिभरपुल र टोटेनहम भिंड्दैछन् ।

Skip This
Skip This
Logo