काठमाडौंका लागि उडेका पाँच जहाज भैरहवामा आपतकालिन अवतरण

काठमाडौंका लागि उडेका पाँच जहाज भैरहवामा आपतकालिन अवतरण

केन्द्रबिन्दु
0
Shares

भैरहवा,
देशभरका विभिन्न स्थानबाट काठमाडौंका लागि उडान भरेका जहाजहरु भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा आपतकालिन अवतरण भएका छन् ।

काठमाडौंको मौसम खराबीका कारण ती जहाज भैरहवामा आपतकालिन अवतरण गरिएका हुन् । काठमाडौंमा बुधबार दिउसो अचानक हावाहुरी सहित भारी वर्षा भएको थियो ।

काठमाडौंका लागि भैरहवा विमानस्थलबाट उडान भरेका दुई वटा, भद्रपुर विमानस्थलबाट उडेका दुई, र जनकपुरबाट एउटा गरी पाँचवटा जहाज भैरहवा विमानस्थलमा अवतरण भएको प्रहरीले जनाएको छ ।

भैरहवा विमानस्थलका प्रमुखले भने विमानको आपतकालिन अवतरणबारे सूचना दिन मानेनन् । विमानको आपतकालिन अवतरणपछि यात्रुहरु विमानस्थल क्षेत्रमा यत्रतत्र छरिएर बसेका थिए । विमानस्थलले यात्रु व्यवस्थापन गर्न नसकेको यात्रुहरुको गुनासो छ ।
अन्नपूर्णबाट

Logo