सरकारी कर्मचारी कसको तलब कति ? (सूचीसहित)

सरकारी कर्मचारी कसको तलब कति ? (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारले कर्मचारीको तलब २० प्रतिशत वृद्धि गरेको छ । बुधबार आर्थिक वर्ष २०७६/७७ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलब वृद्धि भएको घोषणा गरेका हुन् ।

बजेट भाषण अनुसार राजपत्र अनंकित श्रेणी (अधिकृत तल) का कर्मचारीको तलब २० प्रतिशत बढ्ने छ भने राजपत्राङ्कित (अधिकृत र त्यो भन्दा माथि) को तलब १८ प्रतिशतले बढ्ने छ ।

पोशाक भत्ता, महंगी भत्ता लगायतका अन्य सुविधा भने यथावत रहने छन् । सरकारी कर्मचारीको तलब यो पटक तीन वर्षपछि वृद्धि भएको हो । शिक्षक, कर्मचारी, सेना, पुलिस लगायत सरकारी तलब खाने सबैको तलब २० प्रतिशतले बढ्ने भएको हो ।

कसको तलब कति बढ्यो ?

बजेट भाषण अनुसार ५५ हजार रुपैयाँ तलब खाने मुख्य सचिवको तलब ६५ हजार बढेको छ । त्यसैगरी ५१ हजार खाने सचिवको तलब ६० हजार पुगेको छ भने ४० हजार रुपैयाँ खाने सहसचिवको तलब ४७ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी ३४ हजार तलब खाने उपसचिवको तलब ४० हजार रुपैयाँ पुगेको छ । शाखा अधिकृको तलब ३० हजारबाट करिब ३६ हजार रुपैयाँ पुगेको छ । नायब सुब्बा (अतिरिक्त मान) को तलब भने ३० हजार आठ सय पुगेको छ । यसअघि २५ हजार ६ सय रुपैयाँ थियो ।

नायब सुब्बाको तलब भने २३ हजारबाट २८ हजार रुपैयाँ पुगेको छ। खरिदार अतिरिक्त मानको तलब २२ हजार ९ सय ७० बाट २७ हजार ५ सय ६४ पुगेको छ । २२ हजार रुपैयाँ खाने खरिदारको तलब २६ हजार ६ सय रुपैयाँ पुगेको छ।
अन्नपूर्णबाट

Logo