विगत ४ वर्षदेखि बन्द रहेको नेपाल–चीनबीचको प्रमुख ब्यापारिक नाका तातोपानी आज (बुधबार) देखि सञ्चालनमा आएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, चीनका बाणिज्य उपमन्त्री झाङ जीवेन तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले संयुक्तरुपमा रिबन काटेर नाकाको उद्घाटन गरे । नाकाको औपचारिक उद्घाटनलगत्तै दुईओटा कन्टनेर नेपाल प्रवेश गरेका छन् ।
नाकाभन्दा ६ किलोमिटर नेपालतर्फ (लार्चा)मा सुख्खा बन्दरगाह निर्माण भएपछि तातोपानी नाका औपचारिक रुपमा सञ्चालनमा आएको हो ।लार्चास्थित बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण भएको हो । नवनिर्मित बन्दरगाहमा १ सय ५८ ओटा कन्टेनगर अटाउने जनाइएको छ ।
भूकम्पका कारण संरचना भत्किएपछि यो नाका संचालन रोकिएको थियो ।





























प्रतिक्रिया