आगामी बजेट : कृषिमा अधिकांश पुरानै कार्यक्रम

आगामी बजेट : कृषिमा अधिकांश पुरानै कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

आज जेठ १५ गते सरकारले प्रस्तुत गर्ने बजेटमा कृषि क्षेत्रका लागि करिब २५ अर्ब २४ करोडको बजेट प्रस्तुत हुँदैछ । कृषि क्षेत्रका आगामी वर्ष सञ्चालनमा आउने कार्यक्रम केही नयाँ तर धेरै पुराना परियोजनालाई निरन्तरता दिइने भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले विभिन्न १९ बुँदामा आगामी वर्षको कृषि कार्यक्रम प्रस्ताव गरेको छ । आगामी वर्षका लागि युवा उद्यमशीलता विकास कार्यक्रम, किसान कल्याण कार्यक्रम, प्रांगारिक प्रवद्र्धन कार्यक्रम, विभिन्न बालीमा मिसन कार्यक्रम, उखुबाली प्रवद्र्धन कार्यक्रम, कृषि विकास कार्यक्रम, भेडा च्याङ्ग्रा ऊन विकास कार्यक्रम लगायत नयाँ कार्यक्रम ल्याइँदैछन् । बाँकी कार्यक्रम भने पुराना कार्यक्रममा संशोधन गर्ने रहेका छन् । नयाँ प्रस्तावित आयोजनामा युवा उद्यमशीलता विकास कार्यक्रममा १ अर्ब प्रस्ताव गरिएको छ, अन्यमा भने रकम कम छ ।

नियमित कार्यक्रमतर्फ आगामी वर्षका लागि अनुदानको रासायनिक मलका लागि ७ अर्ब, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ४ अर्ब १४ करोड र कृषि विभागतर्फ २ अर्ब १० करोड रकम प्रस्ताव गरिएको छ । बर्सेनि चर्चामा रहेको नेपाल कृषि अनुसन्धान परिषद्लाई मानित विश्व विद्यालय बनाउनका लागि २ अर्व ९० करोड प्रस्ताव गरिएको छ भने यसै वर्ष लागू भएको नेपाल लाइभस्टक इनोभेसन कार्यक्रमका लागि १ अर्ब ६० करोड रकम विनियोजन गरिने भएको छ । बाली तथा कृषि बिमाको प्रिमियममा ७५ प्रतिशत अनुदानका लागि ४१ करोड रहेको छ भने कृषि विकास आयोजनाका लागि १५ करोड विनियोजन गरिने भएको छ ।
कारोबारबाट

Logo