आजको मौसम : मेघ गर्जनसहित वर्षा हुने सम्भावना

आजको मौसम : मेघ गर्जनसहित वर्षा हुने सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

बुधबार (आज) देशका पूर्वी र मध्य भू–भाग लगायत पश्चिम पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पूर्वी र मध्य भू–भागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

त्यस्तै रातिको समयमा देशका पूर्वी भाग लगायत अन्य पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

Skip This
Skip This
Logo