चार वर्षदेखि बन्द तातोपानी नाका आजबाट संचालनमा

चार वर्षदेखि बन्द तातोपानी नाका आजबाट संचालनमा

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक,

भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सबैभन्दा पुरानो तातोपानी नाका बुधबार (आज) बाट सञ्चालनमा आउँदैछ । त्यो पनि चीनले नै बनाइ दिएको अत्याधुनिक सुख्खा बन्दरगाहबाट । तर कुन ‘मोडालिटी’मा नाका सञ्चालनमा आउन लागेको हो भन्ने चाहिँ खुलाइएको छैन ।

नाका पूरानै आकार र परिमाणमा व्यापार हुने गरी सञ्चालनमा आउन लागेको हो या नेपालको हार्दिक, बिनम्रतापूर्वकको अनुरोधमा ‘बन्द नाका खुल्यो’ भन्नका लागि मात्र खुलाउन लागिएको हो ?

पुरानै लयमा फर्काउने गरी खुलाउन लागिएको हो भने उत्तरी नाका मध्येमा तातोपानीको बिकल्प तातोपानी नै हो । मुलुकको केन्द्रीय राजधानी काठमाडौँलाई राजमार्गद्वारा सिधा जोड्ने, कम दुरी र भौगोलिक अवस्थाका कारण तातोपानीको बिकल्प अरु नाका हुन सक्दैन । चीनले अहिले भूकम्प अघिसम्म सहायक नाका रहेको रसुवागढीलाई तातोपानीको बिकल्पको रुपमा प्रोत्साहन गरिरहेको छ । यसमा उसको प्रष्ट स्वार्थ छ, ऊ रसुवागढी नाका भएर दक्षिण एशियामा आफ्नो व्यापार छेड्न चाहन्छ ।

तर नेपाल–चीन व्यापार विस्तार, दीर्घकालीन सहज आपूर्ति गर्न र एउटा मात्र मुलुकसँगको व्यापार परनिर्भरता हटाउन तातोपानी जति अनुकुल नाका अरु छैनन् । भौगोलिक हिसावले तातोपानीको तुलनामा रसुवागढी झनै कठिन रहेको आयातकर्ताहरुको अनुभव छ । दुरीका हिसाबले पनि रसुवागढी तातोपानीभन्दा टाढा पर्छ ।

रसुवागढी–काठमाडौँ दुरी एक सय ७० किलोमिटर छ । रसुवागढी–केरुङ दुरी २६ किमि छ । केरुङ–रसुवागढी–काठमाडौँ दुरी एक सय ९६ किमि हुन आउँछ । तातोपानी नाका यो भन्दा ७० किमि छोटो देखिन्छ । काठमाडौँबाट तातोपानीको दुरी एक सय १४ किमि छ भने खासासम्मको दुरी एक सय २६ किमि हुन आउँछ । तिब्बत–राजधानी काठमाडौं सबैभन्दा छोटो सडक दुरीले जोड्ने अरनिको राजमार्गलाई फास्ट ट्रयाक (द्रुत्ततरमार्ग) बनाएर हामी चीनसँग व्यापारिक लाभ लिन सक्छौँ । यसको पहिलो उपयुक्त विकल्प नजिकको तातोपानी नै हो । यो नाका बन्द हुँदा वर्षेनी अर्बौंको राजस्व संकलन ठप्प भएको थियो ।
नागरिकबाट

Skip This
Skip This
Logo