सर्वोच्च अदालतले अजयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिको नाममा आएको रकम फुकुवा गर्न परमादेश जारी गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले सुमार्गीको नाममा विदेशबाट इन्भेष्टमेन्ट बैंकमा आएको ७५ लाख अमेरिकी डलर (झन्डै ८० करोड) फुकुवा गर्ने राष्ट्र बैंकलाई परमादेश जारी गरेको हो ।
मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले गत पुस ३ गते दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चका तत्कालीन न्यायाधीश दीपकराज जोशीको पुस १० को इजलाशले विदेशबाट आएको लगानी नरोक्न नेपाल राष्ट्र बैंकको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
जोशीको आदेशपछि प्रधानन्यायाधीश राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिजका नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन पुस २४ गते अर्को आदेश जारी गरेको थियो । राणा सहित न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले यो सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दा हुन सक्ने भन्दै अन्तरिम आदेशकै भरमा सुमार्गीको पैसा फुकुवा नहुने भनेको थियो।
जोशीको इजलाशले आदेश जारी गरेपछि सुमार्गीले पुस २१ गते इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ मिलियन अमेरिकी डलर अन्य बैंकहरुमा सारिसकेका थिए । सर्वोच्चले रकम फिर्ता ल्याउन अर्को आदेश जारी गरेपनि सुमार्गीले भने रकम फर्काएका थिएनन् ।





























प्रतिक्रिया