प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार (जेठ १६ गते) नयाँ दिल्ली जाने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली दिल्ली जान लागेका हुन्। समारोहमा सहभागी हुन सोमवार भारतबाट औपचारिक निम्ता आएको थियो।
मोदीको आगामी १६ गते साँझ ७ बजे राष्ट्रपति रामनाथ कोविन्दबाट सपथग्रहण लिनेछन् । प्रधानमन्त्री ओली सपथग्रहणसंगै समकक्षी मोदीसँग द्विपक्षीय वार्तापछि जेठ १७ गते नै स्वदेश फर्किने छन् । मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखलाई बोलाइएको छ ।































प्रतिक्रिया