ट्रकमा करेन्ट लाग्दा २ जनाका मृत्यु, २ जनाको अवस्था गम्भीर

ट्रकमा करेन्ट लाग्दा २ जनाका मृत्यु, २ जनाको अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

ट्रकमा करेन्ट लाग्दा मकवानपुरमा दुईजनाका मृत्यु भएको छ भने दुईजना गम्भीर घाईते भएका छन् ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिका ३ मा करेन्ट लाग्दा सिन्धुलीका २८ वर्षीय विरबहादुर मगर र वेलकोट गढी ७ नुवाकोटका ३५ वर्षीय विशाल तामाङको मृत्युको भएको हो । त्यसैगरी घाईते हुनेमा सिन्धुलीका गोपाल रामोली र ललितपुरका महेश बस्नेत रहेका छन् । उनीहरु निर्माणाधिन कोगटेमा माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजना स्थलतर्फ जाँदै गर्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहररु ना ७ ख ९३२६ नम्बरको ट्रकमा सवार थिए । सो ट्रकले हाइटेन्सनलाइमा छोएकाले विद्युत सर्ट भई करेन्ट लागेको थियो । घाईतेहरुलाई उपचारका लागि काठमाडौं पठाईएको र मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडा लगिएकोछ ।

Skip This
Skip This
Logo