काठमाडौंं,
चालू आर्थिक वर्षको १० महिनासम्ममा पेट्रोलियम पदार्थ सबैभन्दा बढी आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार वैशाखसम्ममा कुल २ खर्ब ६ अर्ब ११ करोड रुपियाँको इन्धन आयात भएको हो । सो अवधिमा मुलुकलाई कुल ११ खर्ब रुपियाँको बराबरको व्यापारघाटा भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार १० महिनाको अवधिमा कुल १२ खर्ब ५६ अर्ब ६७ करोड ३५ लाख रुपियाँ बराबरको कुल वैदेशिक व्यापारमा ११ खर्ब ७८ अर्ब १३ करोड ९४ लाख रुपियाँ बराबरको आयात र ७८ अर्ब ५३ करोड ३९ लाख रुपियाँ बराबरको निर्यात भएको छ । गत वर्षको सोही अवधिमा मुलुकको व्यापारघाटा ९ खर्ब १५ अर्ब रुपियाँ रहेको थियो । चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २ खर्ब रुपियाँ भन्दा बढीले व्यापारघाटा बढेको देखिन्छ ।
बढी आयात हुने वस्तुमा फलाम तथा स्टिलको आयातमा १ खर्ब १७ अर्ब ८७ करोड, मेसिनरी औजारको आयातमा १ खर्ब ५५ करोड, सवारी साधनमा ७७ अर्ब १३ करोड र विद्युतीय सामाग्रीमा ७२ अर्ब ८४ करोड रुपियाँको आयात भएको छ ।
त्यसैगरी, बढी निर्याततर्फ वनस्पति घ्यू ८ अर्ब ९७ करोड, कपडा ८ अर्ब २१ करोड, चिया कफी ६ अर्ब ८२ करोड, नेपाली कार्पेट ६ अर्ब ३७ करोड र फलाम तथा स्टिल ५ अर्ब १८ करोड रुपियाँ बराबरको कारोबार भएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया