अछाममा भिषण आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ । जिल्लाको ढकारी गाउँपालिका– ४ बलातामा गहुँगडामा नल पोल्नकालागि बालिएको आगो हावाले उडाएपछि आगलागी भएको हो ।
आगलागीबाट वडाध्यक्ष भक्तबहादुर बुढा, ईन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। आगलागीबाट करोडौँको क्षति भएको र गोठमा बाँधिएका बाख्रा र गाई पनि मरेको ढकारी–४ का वडाध्यक्ष भक्तबहादुर बुढाले बताए ।





























प्रतिक्रिया