चन्द्रागिरीको बाटो बर्षाैदेखि अलपत्र, आक्रोशित स्थानीयले दिए अल्टिमेटम (भिडियोसहित)

चन्द्रागिरीको बाटो बर्षाैदेखि अलपत्र, आक्रोशित स्थानीयले दिए अल्टिमेटम (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

(रामजी बलामी)

काठमाडौंलाई तराईसँग जोड्ने सवैभन्दा छोटो र ऐतिहासिक मार्ग (गणेशमान मार्ग) चन्द्रागिरीको बाटो निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै चित्लाङका स्थानीय आक्रोशित भएका छन् । आक्रोशित युवाहरुको समूहले शुक्रवार चन्द्रागिरीको बाटो निर्माणस्थलमै पुगेर विरोध गरेका हुन् । स्थानीयले बाटोमा रहेको ढुंगामुढाहरु हटाउँदै एक साताभित्र ट्रयाक खोल्न अल्टिमेटम समेत दिएका छन् ।

उनीहरुले निर्माण कार्यको नाममा बाटो अवरोध गरेर दुःख दिएको भन्दै चर्काे विरोध गरेका छन् । “हामी निर्माणस्थलमा पुग्दा डोजर अपरेटरहरु सुतिरहेका थिए, हामीले ट्रयाक खोल्न एक साताको अल्टिमेटम दिएर आएका छौ ।” स्थानीय राजन बलामीले भने । उनीहरुले राजधानीबाट करिव १८ किमीको दुरीमा रहेर पनि काठमाडौं पुग्न ४ घण्टाको सवारी यात्रा गर्नुपरेको भन्दै आक्रोश पोखेका छन् ।

सरकारले छुट्टै आयोजना बनाएर सडक स्तरोन्नतीको काम थालेको थियो । स्तरोन्नत्तीका क्रममा ढुंगा, गिट्टी लिलामीका विषय पनि विवादमा आएको थियो । साढे २२ किमीको यो सडक मर्मतको पछिल्लो काम आव २०७१/०७२ देखि शुरु गरिएको थियो । यो सडक कसले बनाउने भन्ने विषयमा प्रदेश र केन्द्रिय सरकारबीच समेत तालमेल मिल्न नसक्दा केही महिना निर्माणको काम समेत प्रभावित भएको थियो ।

२०७५ माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले यो सडक स्तरोन्नतीको काम केन्द्रिय सरकारले गर्ने निर्णय गरेको थियो । यद्यपि चित्लाङ थानकोट सुरुङमार्ग निर्माणको काम पनि केन्द्रिय सरकारले नै गर्ने भएको छ । यो सडक स्तरोन्नतीका लागि करिव एक अर्ब १३ करोड रुपैंया लागत अनुमान गरिएको छ ।

हेर्नुहोस भिडियो 

कुनै बेला चन्द्रागिरीको बाटोमा यसरी बोकिन्थ्यो गाडी

Logo