विप्लवको विद्यार्थी संगठनका अध्यक्ष काठमाडौँबाट पक्राउ

विप्लवको विद्यार्थी संगठनका अध्यक्ष काठमाडौँबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्‍जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले ढकाललाई काठमाडौंको अनामनगरमा आयोजित एक कार्यक्रमस्थलबाटै पक्राउ गरेको हो। ११ विद्यार्थी संगठनले अनामनगरस्थित युनियन हाउसमा आज पत्रकार सम्मेलन आयोजना गरेको थिए ।

पत्रकार सम्मेलनमा बोलिरहेका बेला ढकाललाई घेराबन्दी गर्न प्रहरीको टोली पुगेको थियो । पत्रकार सम्मेलनको हलबाट बाहिर निस्कने बित्तिकै ढकाल पक्राउ परेका हुन् ।

Logo