पोखरा,
गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउँमा केबलकार बनाउन अनुमति माग्दै आवेदन परेको छ । केबलकार बनाउने प्रस्तावसहितका आवेदन धमाधम पर्न थालेपछि गण्डकी प्रदेश सरकारले प्रस्तावित योजना सही भए नभएको बुझ्न अध्ययन थालेको छ । त्यसका लागि निजी कम्पनीलाई अध्ययनको जिम्मा दिएको छ ।
केबलकार निर्माणको क्षेत्रमा लामो समय अनुभव बटुलेको रोप वे नेपाल नामक कम्पनीलाई प्रदेशभित्र सम्भावित केबलकार बनाउने ठाउँको अवस्थाबारे अध्ययनको जिम्मा दिएको हो । त्यसका लागि रोप वे नेपाल र गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयबीच सम्झौता पनि भएको छ ।
मन्त्रालयका सचिव इश्वरचन्द्र मरहठ्ठाका अनुसार अहिले प्रदेशभित्रका विभिन्न ३० ठाउँमा केबलकार बनाउन आवेदन परेको छ । स्थानीय समुदाय, स्थानीय तह लगायतले गाउँमा केबलकार बनाउन भन्दै अनुमतिका लागि भौतिक पूर्वाधार मन्त्रालयमा आवेदन दिएको उनले बताए । ‘गण्डकी प्रदेशका सबैजसो जिल्लाबाट केबलकार बनाउन अनुमति माग्दै आवेदन आएको छ । अहिलेसम्म ३० वटा आवेदन परेका छन्,’ मरहठ्ठाले भने, ‘तर प्रदेश सरकारले अहिले नै अनुमति दिएको छैन। अनुमति दिनका लागि अध्ययनको क्रममा छ । अध्ययनपछि मात्र लाइसेन्स दिन सकिन्छ ।’
नागरिकबाट





























प्रतिक्रिया