ललितपुर,
उपत्यकाका तीन जिल्लाका १८ नगरपालिकाहरुले संघको कार्यशैलीप्रति आपत्ति जनाँउदै सरकारसमक्ष विभिन्न माग प्रस्तुत गरेका छन् ।
ललितपुरको झम्सिखेलमा बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण नगरपालिकाहरुको छाता संगठन उपत्यका नगरपालिका फोरमको चौथो विस्तारित बैठकले सरकारले कर्मचारी समायोजन र व्यवस्थापनका नाममा आफूखुसी कर्मचारी खटाएको, शिक्षा क्षेत्रमा नगरपालिकाको अधिकार क्षेत्रमाथि संघले हस्तक्षेप गरेको, सरकारले मर्यादाक्रम निर्धारणका क्रममा स्थानिय सरकारका जनप्रतिनिधिहरुको उच्च सम्मान हुनेगरी मर्यादाक्रम निर्धारण गर्न नसकेको भन्दै नगरपालिकाहरुले असन्तुष्टि रहेको जनाएको हो ।
बैठकमा राखिएको ‘आधारभूत तथा माध्यमिक शिक्षा व्यवस्थापन’ सम्बन्धि प्रस्ताबमाथि छलफल गर्दै एकाइका निर्णय अस्वीकार गर्ने र सो एकाईलाई यथाशिघ्र खारेजीको माग गर्ने निर्णय गरेको छ ।
निर्णयमा भनिएको छ, ‘नेपालको संविधानको अनुसूची–८ मा आधारभूत र माध्यमिक तहसम्म शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहलाई एकल अधिकारका रुपमा दिएको छ । तर, संघले ‘सिप विकास तथा समन्वय ईकाई गठन गरी हस्तक्षेप गरेको छ । यो संवैधानिक तथा कानूनी व्यवस्थाको विपरीत हो ।’
बैठकपछि पत्रकार सम्मेलनमा फोरमका सचिव तथा मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले निर्णयबारे जानकारी गराएका थिए । बैठकले स्थानीय सरकारको काम, कर्तव्य र अधिकारमा पटक-पटक हस्तक्षेप गरेको भन्दै ‘काठमाडौं उपत्यका बिकास प्राधिकरण’ खारेज गर्नु पर्ने माग समेत गरेको छ ।
राजधानीबाट





























प्रतिक्रिया