कार अनियन्त्रित भएर खोलामा खस्दा व्यवसायी तीर्थ आचार्यको मृत्यु

कार अनियन्त्रित भएर खोलामा खस्दा व्यवसायी तीर्थ आचार्यको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा दाङका व्यवसायी तिर्थ आचार्यको मृत्यु भएको छ ।

शिवराज नगरपालिका–१ मा दाङ बाट चन्द्रौटा तर्फ जाँदै गरेको बा १४ च ८४४५ नम्बरको कार सडकबाट तीन सय मिटर तल खस्दा घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी ४० वर्षीय तिर्थ आचार्यको मृत्यु भएको हो ।

दुर्घटनामा परी लमही–८ सतबरीया निवासी २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि बुटवल लगिएको छ । कार अनियन्त्रित भएर खोलामा खसेको प्रहरीले जनाएको छ ।

Logo