विराटनगर
प्रदेश नम्बर १ को स्थायी राजधानी तोक्ने विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । यो विवाद विराटनगरलाई राजधानी बनाउने कि नबनाउने भन्ने विषयमा आधारित छ । नेकपाका बहुसंख्यक सांसदले विराटनगरको विकल्प खोज्न भन्दै हस्ताक्षर संकलन सुरु गरेका छन् ।
प्रदेशका मुख्यमन्त्री शेरधन राई सहितका मन्त्रीपरिषदका सदस्यहरु विराटनगरमै राजधानी राख्न दृढ छन् भने नेकपाका बहुसंख्यक सांसद विराटनगरको विपक्षमा छन् । बैशाख १९ मा संसदमा प्रस्ताव लैजाने र २२ गतेभित्र नाम र राजधानी टुंग्याउने गरी तयारी सुरु भए लगत्तै नेकपाभित्रको विवाद चुलिएको हो । यद्यपि सांसदहरुले सार्वजनिक रुपमा भने हस्ताक्षर संकलन गरेको कुरा अस्वीकार गरेका छन् । बहुमत सांसद एकातिर, अल्पसंख्यकले भने अनुसार निर्णय नहोस् भन्ने हाम्रो माग हो । नेतृत्वलाई यो कुरा हामीले ध्यानाकर्षण गरेका छौं , सांसद लक्ष्मण तिवारीले भने तर, हस्ताक्षर संकलन गरेको होइन । नेतृत्वले बहुसंख्यक सांसदको कुरा सुन्छ भन्नेमा आशावादी छौं ।
पार्टी अनुशासनको डरले उनले यस्तो अभिव्यक्ति दिए पनि नेकपाका सांसदहरुको भेला तीन दिनदेखि इटहरीमा जारी थियो । त्यही क्रममा उनीहरुले हस्ताक्षर संकलन गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७ सदस्य छन् । सभामुख र उपसभामुख बाहेक ६५ जना सांसदमध्ये नेकपाका ३७ सांसदले विराटनगर राजधानी बनाउन नहुने मागमा हस्ताक्षर गरेका छन् ।
नागरिकबाट





























प्रतिक्रिया