सिन्धुली
मदन भण्डारी लोकमार्गमा निर्माणाधीन पक्की पुल भत्किएको छ । लोकमार्गको पश्चिमखण्ड अन्तर्गत मरिण गाउँपालिका–२ ठुलो गर्दुवा खोलामा निर्माणाधीन पक्की पुलमा बाढी पसेपछि भत्किएको हो ।
अनक कन्स्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको ६० मिटर लामो पुलको बिच भाग धसिएर भाँचिएको उक्त आयोजनाका साइड इन्चार्ज तथा सुपरभाईजर बसन्त पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार पुलको सल्याप ढलान गरेर वायर स्ट्रेचिङ गर्न एक दिन मात्र बाँकी हुँदा गर्दुवा खोलामा आएको बाढीले पुल भत्काएको हो ।
‘पुलको झण्डै ७० प्रतिशत काम सम्पन्न भइसकेका बेला बाढीले पुल भत्काएको छ, यसलाई अब पुरै भत्काएर पुनः निर्माण गर्ने तयारी गरेका छौं,’उनले भने । पुल भत्किदा झण्डै ७ करोड रुपैयाँ नोक्सान भएको पोखरेलले जानकारी दिए । यो पुल करीव १० करोड रुपैयाँको लागतमा निर्माण थालिएको थियो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया