जिउँदै जलाइएकी कञ्चनदेवीको उपचारका क्रममा मृत्यु

जिउँदै जलाइएकी कञ्चनदेवीको उपचारका क्रममा मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मट्टितेल छर्केर जिउँदै जलाइएकी सिराहकी १८ वर्षीया कञ्चनदेवी मण्डलको उपचारको क्रममा मृत्यु भएको छ । साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ ५ बजे मृत्यु भएको अस्पताललले जनाएको छ ।

घरायसी विवादमा श्रीमान बेचनले पेट्रोल छर्किएर आगो लगाएका थिए । पति बेचन फरार रहेको र उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहका एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

घटनामा सासुको समेत संलग्नता भएको बयान दिएपछि प्रहरीले सासुलाई नियन्त्रणा लिएको छ। कञ्चनाको ८५ प्रतिशत शरीर जलेको थियो । अस्पताल ढिला आइपुगेका कारण बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

बिहीबार बिहान आगो लगाएलगत्तै कञ्चनलाई बीपी कोइराला चिकित्सा विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको थियो। शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएको भन्दै थप उपचारको लागि राति अबेर एम्बुलेन्सबाट काठमाडौं पठाइएको थियो।

मट्टितेल छर्केर आगो लगाइएकी युवतीको अवस्था गम्भीर

Skip This
Skip This
Logo