भत्किएको पुलको निरीक्षण गर्दै मन्त्री बिष्टले दिए कारबाही गर्न निर्देशन

भत्किएको पुलको निरीक्षण गर्दै मन्त्री बिष्टले दिए कारबाही गर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

गुल्मी

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले भर्खरै भत्किएको पुलको निरीक्षण गरेका छन् । निरिक्षणको क्रममा उनले अन्तिम अवस्थामा पुल ढल्नु ज्यादै दुखद भएको बताए ।

जिल्ला भ्रमणको क्रममा मुसिकोट नगरपालिका ७ झेदी पुलमा पुगेर मन्त्री बिष्टले छिटो भन्दा छिटो सरकारी पक्षबाट यसको अनुगमन गरेर कारबाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका छन् । ‘ज्यादै महत्वपूर्ण स्थानमा मुस्किलले पुल पारेको हो,’उनले भने , ‘यो दुभाग्य देख्नु पर्यो ।’ आफुले पनि यो बिषयमा विभिन्न निकाय र निर्माण कम्पनीसंग समन्वय गरिरहेकाले त्यहि ठाउँमा पुन पुल निर्माण गरिने बताए । उनले बल्ल बल्ल निर्माण भएको पुल ढलेकाले अव बन्दैनकी भन्ने चिन्ता नगर्न स्थानीयलाई आग्रह समेत गरे ।

निरिक्षणकै क्रममा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले आफुहरुले निर्माण व्यवसायीलाई कमजोर संरचनाको विषयमा पटक–पटक जानकारी गराए पनि अटेर गरेका कारण पुल भत्किएको बताए । ‘५८ मिटरको बिचमा कतै पिल्लरनै थिएन , त्यहि बेलै सचेत बनाएका हौ, ’उनले भने,‘ अहिले पुल ढलेको देख्नु पर्यो । मुसिकोट नगरपालिका ३ वडागाउँ र वडा नं ७ वामी जोड्ने झेदी पुल आइतबार भत्किएको थियो । ढलान गरेको २ दिनमै पक्की पुल भत्किएपछि पाँच जना घाइते समेत भएका थिए ।
नागरिकबाट

Logo