इस्लाम धर्मावलम्बीको महान पर्व बकर–इद आज । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ । बकर–इदका अवसरमा देशभरका इस्लाम धर्मालम्बीले पवित्रताका साथ आज बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरेका छन् ।
बकर–इदमा जनावरलाई ‘कुर्वानी’ अर्थात् बलिदानी गर्ने गरिन्छ । सो अवसरमा जनावरको मासुलाई तीन भाग लगाएर एक भाग आफन्त, एक भाग गरीब परिवार र अर्को भाग आफ्ना लागि राख्ने नियम रहेको छ । बकर ईदको अवसरमा आज प्रदेश नम्बर १, २ र ५ ले सार्बजनिक विदा दिएका छन् । जस अनुसार आज निम्न ३४ जिल्लाहरुमा बिदा रहेको छ ।
प्रदेश १ का १४ जिल्लाहरु : धनकुटा, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुरर र झापा।
प्रदेश २ का ८ जिल्लाहरु: सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट , बारा र पर्सा।
प्रदेश ५ का जिल्लाहरु : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु , पाल्पा, अर्घाखाँची , गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दिया ।
केन्द्र सरकारले भने यस अवसरमा बिदा दिएको छैन ।
प्रकाशित: ६ भदौ २०७५ ०९:३९ बुधबार