न्युयोर्क
नेपालको मौलिककला, संस्कृतिको प्रशंसा विश्वमञ्चमा मुक्तकण्ठले हुने गर्छ । प्राकृतिक सौन्र्दयले भरिपूर्ण नेपाल र नेपाली कला संस्कृतिलाई विश्व समाजले सम्मानका साथ हेर्ने गरेको पाइन्छ ।
हिमाल, पहाड र तराई मिलेर बनेको देशमा विभिन्न जाति र तिनले अवलम्वन गर्ने धर्म, जातीय मौलिकता, सांस्कृतिक विविधताको संगमस्थल नेपाल भएको संस्कृतिकर्मीहरुको ठम्याइ छ ।
यही कला संस्कृतिलाई विश्वभर छरिएर रहेका नेपालीहरुले संरक्षण तथा प्रवद्धन गरिरहेका छन् । विशेषगरी नेपालको तराई क्षेत्रको मौलिक संस्कृति, धार्मिक आस्था, पौराणिक महत्व झल्काउने उद्देश्यले विश्वको राजधानी मानिने न्युयोर्कमा पहिलो पटक मिथिला महोत्सव आयोजना गरिएको छ ।
प्रकृति, नारीको सौन्र्दय, मौसम परिर्वतन, प्रकृतिमा परेको नकारात्मक प्रभाव, दैविक आस्था, जैविक विविधता, कला संस्कृति, नेपाली रहनसहन, पर्यटन विकास, वैवाहिक प्रचलन, पाहुनालाई गरिने स्वागत लगायत संदेशमुलक चित्र राखेर यस्तो महोत्सवको आयोजना गरिएको छ ।
जहाँ विश्वभरका मानिसले अवलोकन गरेर नेपाल तथा विशेषगरी तराई क्षेत्रलाई बुझ्ने अवसर पाएका छन् । यस महोत्सवलाई अवलोकन गर्न अहिलेसम्म करिव १२ भन्दा बढी देशका राजदूत समेत त्यहाँ पुगेर नेपाललाई चित्रमा नियाले । नेपालको भ्रमण वर्ष सफल बनाउन तथा धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा चर्चित जनकपुर क्षेत्रको विकासमा टेवा पुर्याउन यस्तो महोत्सवको आयोजना गरिएको आयोजकहरुले जानकारी दिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया