काठमाडौँ
पाँच दिन देखि सरकारी चिकित्सकले सेवा ठप्प पार्दा मंगलबार पनि मुलुकभरका हजारौं बिरामीले उपचार पाएनन् । सरकारी अस्पतालमा बहिरंग सेवाको टिकट वितरण नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामी बिचल्लीमा परेका छन् ।
संघीय सरकार मातहत राखेर समायोजन गर्नुपर्ने माग राखेर शुक्रबारदेखि मुलुकभरका चिकित्सक आन्दोलित छन् । सरकारी चिकित्सक संघ (गोदान) को आह्वानमा आन्दोलनरत चिकित्सकले आकस्मिक बाहेक सेवा बहिष्कार गरेका छन् । गोदानमा झन्डै १४ सय चिकित्सक आबद्ध छन् ।
मंगलबार पनि बहिरंग विभाग (ओपीडी) को टिकट वितरण गर्न नसकिएको वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए । उनले भने, ‘दैनिक २५/३० जनाको अपरेसन हुन्थ्यो । अहिले ठप्प छ ।’ गाउँबाट आएका बिरामी शल्यक्रिया रोकिँदा अप्ठेरोमा परेका छन् । कैलाली, टीकापुरका मीनबहादुर सुनारले भने, ‘छोराको उपचारका लागि चन्दा मागेर आइयो । अपरेसन गर्ने डाक्टर नै आन्दोलनमा उत्रँदा कहिलेसम्म कुरेर बस्ने ? ’ शल्यक्रियाको मिति तोकिएका बिरामी पनि शड्ढयामै कुरिरहेका छन् ।
यता राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सक आन्दोलनले नागरिकको स्वास्थ्य अधिकार हनन भएको जनाएको छ । आयोगले जिम्मेवारीबोध गरी पेसागत मर्यादा कायम राखी सेवा प्रदान गर्न चिकित्सकलाई आग्रह गरेको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया