काठमाडौँ
नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले आँधी हुरीपीडितको सहयोगार्थ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० हजार अमेरिकी डलर हस्तान्तरण गरेकी छिन् ।
राजदूत याङछीले चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट उक्त रकम हस्तान्तरण गरेकी हुन् । शनिबार प्रधानमन्त्री ओलीलाई भेट गर्दै उनले विपत्तिप्रति चीनको नजिकबाट चासो ध्यान केन्द्रित गरेको बताएकी छिन् ।
उनले नेपाली जनताको दुःखप्रति चिनियाँ जनता पनि दुःखी भएको र चिनियाँ रेडक्रस सोसाइटीका तर्फबाट नेपाललाई सहयोग गरेको बताइन् । उनले चीनको तर्फबाट मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति सहानुभूति व्यक्त गरेकी छिन् । उनले चिनियाँ जनता नेपाली जनताको साथमा रहेको र बिपत्तिपछि गरिने पुनर्निर्माणमा सहयोग गर्न पनि तयार भएको जनाएकी छिन् ।
उनले क्षमता अभिवृद्धि, सहयोग, विपत्ति नियन्त्रण गर्ने तथा घटाउनेतर्फ चीनले नेपालसँग मिलेर काम गर्न चाहेको बताएकी छिन् ।
नागरिकबाट































प्रतिक्रिया