नेपाल प्रहरीले त्रिभुवन विमानस्थलबाट एकै परिवारका पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले ४८ वर्षका सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, उनीहरुका १४ र ४ वर्षका छोरीहरु तथा ११ वर्षका छोरालाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट २१ हजार १ सय ५० थाइ भाट १ हजार ३ सय ८० यूरो, १० हजार यूएसडी र ८० हजार चिनियाँ युआन बरामद गरेको छ।काठमाडौं महानगरपालिका–७ मित्रपार्कका उनीहरु थाई एयरको फलाइट नं. टीजी ३२० मार्फत काठमाडौंबाट बैंककतर्फ जाँदै थिए । पक्राउ परेका नाबालकसहित पाँचै जनालाई अहिले प्रहरीले त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा राखेको छ ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुरमा बुझाउने तयारी भैरहेको छ।





























प्रतिक्रिया