२२ वर्षीय युवतीको बेवारिसे शव फेला, हत्या भएको आशंका

२२ वर्षीय युवतीको बेवारिसे शव फेला, हत्या भएको आशंका

केन्द्रबिन्दु
0
Shares

महोत्तरी । महोत्तरीमा एक युवतीको शव फेला परेको छ । अन्दाजी २२ वर्षकी युवतीको बेवारिसे अवस्थामा शव फेला परेको हो । सोन्मा गाउँपालिका वडा नम्बर २ स्थित मरहा नदीको छेउमै रहेको सिंहासिनी जानेबाटोमा रहरको खेतमा परिचय नखुलेको युवतीको शव फेला परेको हो ।

स्थानीयहरुले शव देखेर प्रहरीलाई खबर गरेका थिए । तराई मुल कि जस्तो देखिने महिलाको मृत्यु एक–दुई दिन अगाडी नै भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले उनको मृत्युबारे अहिले केहि भन्न नसकिने भएकोले अनुसन्धान पश्चातमात्र केहि खुल्ने जनाएको छ । यता स्थानीयहरुले उनको हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।

Logo