परासी । घर भत्काउने क्रममा दुई बालिकाको मृत्यु भएको छ । घर भत्काउने क्रममा खसेको पर्खालले थिचेर पश्चिम नवलपरासीको सुनवलमा दुई बालिकाको मृत्यु भएको हो । दुईजना घाइते छन्।
सुनवल नगरपालिका-१० गैंडाखालका कर्णबहादुर थापाको घर भत्काउने क्रममा अकस्मात भत्किएको पर्खालले थिचेर रमाकान्त अधिकारीकी ४ वर्षीया छोरी नबिना र उमा बस्नेतकी ५ वर्षीया छोरी समीक्षाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।
घरको पर्खाल भत्काइरहेको नजिकै खेलिरहेका बालबालिका पुरिएका थिए। इँटा र माटोले बनेको पुरानो घर मर्मतका लागि भत्काउन थालिएको थियो। सोही क्रममा अकस्मात पर्खाल भत्किएपछि च्यापिएर उनीहरुको मृत्यु भएको हो।
घाइते अवस्थामा रहेका चार जनामध्ये एक जनाको आम्दा अस्पता बुटवल र अर्काको देवदह मेडिकल कलेज भलूहीमा उपचारको क्रममा मृत्यु भएको थापाले बताए । घाइतेमध्ये रमेश खत्रीकी ६ वर्षीया छोरी दीक्षाको अवस्था गम्भीर छ। अर्की घाइते सात वर्षीया समीक्षाको अवस्था मध्यम छ । दुवैको प्रादेशीक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया