काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत विनासकारी हावाहुरीबाट घरवारविहिन भएकाहरुलाई सरकारले पुर्नवासको व्यवस्था गर्ने प्रतिबद्धता गरेका छन् ।
बुधबार राजधानी काठमाडौंमा रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै उनले घरवारविहीन भएकाको सुरक्षित बसोबासको प्रबन्ध गर्ने बताए । घटनाप्रति सरकार अत्यन्तै गम्भीर बनेको भन्दै उनले विपतबाट प्रभावितहरुलाई जिम्मेवार ढंगले यथासक्य सहयोग गर्ने बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको र सो समितिले राहत र खाद्यान्नको व्यवस्था मिलाईरहेकोे भन्दै उनले सोही समितिले दिएको सुझावका आधारमा प्रभावितलाई पुर्नबासको व्यवस्था गरिने बताए । उनले प्रदेश सरकारले समितिको सिफारिसका आधारमा प्रभावितका लागि स्थायी बसोबासका लागि घर बनाईदिने बताए ।
केन्द्रीय सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा मन्त्रीहरु र सुरक्षा निकाय प्रमुखले घटनाप्रति चासो देखाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जाहेर भएको भन्दै सबै सहयोगीलाई धन्यवाद दिए ।
विनासकारी हावाहुरीबाट गरिब र मुस्लिम दलित वर्ग बढी प्रभावित रहेको बताए । प्रभावितको सहयोगका लागि अग्रसर हुने विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतलाई धन्यवाद दिए ।





























प्रतिक्रिया