नुरबहादुरको बयान, ‘घरमा श्रीमती छ, विवाहको लागि दबाव दिँदा प्रेमिकाको हत्या’

नुरबहादुरको बयान, ‘घरमा श्रीमती छ, विवाहको लागि दबाव दिँदा प्रेमिकाको हत्या’

केन्द्रबिन्दु
0
Shares

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका ५ का ४६ वर्षीय नुरबहादुर विक स्थानीय अधवैशे महिलासँग प्रेममा हुन्छन् । उनको प्रेमिका थिईन्, स्थानीय ५० वर्षकी एकल महिला ओमकुमारी घर्ती । उनीहरु दुई जना विगत २ वर्षदेखि एकअर्काको प्रेममा थिए । नुरबहादुरको घरमा श्रीमती, २५ वर्ष उमेरका दुई छोरा । उता ओमकुमारीका पनि घरमा छोराबुहारी । ओमकुमारीका श्रीमानको २५ वर्षअघि निधन भएको थियो ।

नुरबहादुर ओमकुमारीप्रति नजिकिन थाले । ओमकुमारी पनि विस्तारै विस्तारै नुरबहादुरलाई रुचाउन थालिन् । उनीहरुको नजिकाईले अन्ततः प्रेमको रुप धारणा गर्यो । दुई वर्षसम्म प्रेम सम्बन्ध राम्रै चलेको थियो । पछिल्लो समय ओमकुमारीले विवाह गर्न दबाव दिन थालिन् । तर नुरबहादुरले अस्वीकार गरे ।

घरमा श्रीमती, विवाह गर्ने उमेरमा छोरा भएकाले विवाह गर्न नसक्ने जनाए । तर ओमकुमारीले मानिन् । निकै प्रेसर दिन थालिन् । त्यसपछि नुरबहादुरको मनमा पाप पलायो । ओमकुमारीलाई साइड लगाउने योजना बनाए ।

बिहेका लागि भाग्ने भन्दै ओमकुमारीलाई बोलाए । नुरबहादुरलाई फोन गरेर ओमकुमारीलाई बोलाए र त्यही दिन हत्या गरे । फलामको रड प्रयोग गरेर ओमकुमारीको हत्या गरेर घर नजिकैको खरबारीमा फालिदिए ।

ओमकुमारीको शव एक सातापछि फेला परेको थियो । फेला परेपछि प्रहरीले अनुसन्धानको क्रममा नुरबहादुरलाई नियन्त्रणमा लियो । प्रारम्भिक बयानका क्रममा नुरबहादुरले हत्या स्वीकार गरे ।

प्रहरीले नुरबहादुरलाई सार्वजनिक गरेको छ । फागुन २४ गतेदेखि हराएकी ओम कुमारीको शव एक हप्तापछि घर नजिकैको खरबारीमा भेटेको थियो । हत्याको आरोपमा विकलाई प्रहरीले सोमबार मात्रै पक्राउ गरेको थियो ।

ओमकुमारीको हत्यामा विकले प्रयोग गरेको फलामको रड, ओमकुमारीको साथमा रहेको कपडा, झोलासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिए । पक्राउ परेका विकले अनैतिक सम्बन्ध लुकाउन आफूले ओमकुमारीको हत्या गरेको स्वीकार गरेका हुन् ।

Logo