स्याङ्जा । एक अविवाहित महिलाले शिशु जन्माएर आत्महत्या गरेकी छन् । भीरकोट नगरपालिका-७ की २२ वर्षीया स्नेहा अधिकारीले शिशुलाई जन्म दिएर सलको पासो लगाएर आत्महत्या गरेकी हुन् । उनले शिशु जन्माएर घर नजिकैको बारीमा फालेकी थिईन् ।
स्थानीय गम्बर बहादुर अधिकारीको बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले छिमेकी बेगबहादुर अधिकारीको मल खाडलमा सालनाल भेटाएको थियो ।
स्नेहाले अवैध सम्बन्धबाट बच्चा जन्माएर गाडेको र आफूले पनि आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
आफ्नै गोठमा स्नेहाले सलको पासो लगाइ छट्पटाइरहेको अवस्थामा स्थानीयले देखेपछि हँसियाले सल काटेर उनलाई उपचारका लागि वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
शिशुको थप पहिचानको लागि डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको बताए ।





























प्रतिक्रिया