पाँच वटा ब्रुमरले एक सातामा ९२ टन धुलो उठाए

पाँच वटा ब्रुमरले एक सातामा ९२ टन धुलो उठाए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

काठमाडौंका सडकबाट एक सातामै ९२ टन धुलो संकलन भएको छ । गत बुधबारबाट काठमाडौं महानगरपालिकाका पाँच ब्रुमरले सडक सफा गरिरहेका छन् ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका अनुसार राति ८ बजेदेखि बिहान ४ बजेसम्म ब्रुमरले सडक बढारिरहेका छन् । हालसम्म बानेश्वर, बालकुमारी, थापाथली, रत्नपार्क आसपास, पुतलीसडक, कलंकी र सोह्रखुट्टे क्षेत्रका सडक ब्रुमरले सफा गरेका छन् । संकलित धुलो टेकु ट्रान्सफर स्टेसनमा व्यवस्थापन गरिँदै आएको महानगरले जनाएको छ ।

ब्रुमरले करिब ६ सय किलोमिटर सडक बढारिसकेको महानगरको वातावरण प्रशासन महाशाखाकी प्रमुख सरस्वती पोखरेलले जानकारी दिइन् । ‘पाँच ब्रुमर २४० घन्टाभन्दा बढी समय चलेका छन् र ६ सय किलोमिटर सडक बढारिसकेका छन्,’ पोखरेलले भनिन् । मुख्य पाँच रुटमा महानगरले ब्रुमर सञ्चालन गरिरहेको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo