काठमाडौँ
मौसमविद्हरूले स्थानीय वायु र पश्चिमी वायुको प्रभावले बारा र पर्सामा ठूलो जनधनको क्षति हुने गरी हावाहुरी आएको बताएका छन् । ४५ देखि ५५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाहुरीको कुनै पूर्वानुमान गर्न नसकिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘यो हावाहुरी स्थानीय वायुको प्रभावका कारण उत्पन्न भएको देखिन्छ,’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरज कुमार वैद्यले भने, ‘हावाहुरीको गति कति थियो भनेर यकिन भइसकेको छैन । तर प्रतिघण्टा ४५ देखि ५५ किलोमिटरको अनुमान गरिएको छ ।’
उनका अनुसार पोखरामा सिर्जना भएको सो हावाहुरी चितवन हुँदै तराईमा प्रवेश गरेको हो । ‘पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय रेखा भेटिएपछि हावाले हुरीको रूप लिएको देखिन्छ,’ उनले भने, ‘हावाहुरी एकदेखि दुई घण्टा चलेको थियो ।’
बाराको परवानीपुरमा रहेको मौसम पूर्वानुमान स्टेसनबाट डाटा संकलन भइरहे पनि सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको सर्भर सोमबार बिहानसम्म चलेको थिएन । भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले आइतबार नेपालसँग सीमा जोडिएका बिहार लगायतका राज्यमा ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्ने पूर्वानुमान गरेको थियो । तर नेपालको जल तथा मौसम विज्ञान विभागले हावाहुरीबारे सचेतसमेत गराएको थिएन ।
‘प्री–मनसुनमा हावा चल्नु स्वाभाविक हुन्छ । केही दिनयता काठमाडौंमा पनि बेलुकापख हावाहुरी चल्दै आएको छ,’ महानिर्देशक वैद्यले भने, ‘स्थानीय वायुको प्रभाव र मौसममा हुने बदलीबारे जानकारी दिन सक्ने प्रणाली (मौसमी राडार) अभाव भएकाले मौसममा छोटो अवधिमा आएको परिवर्तनलाई पूर्वानुमान गर्न सकिएन ।’
राजधानीबाट































प्रतिक्रिया