काठमाडौं । बंगालबाट आएको तातो र भू-मध्यसागरको चिसो हावा बारामा भेट हुँदा हावाहुरी चलेको मौसमविद्हरुले जनाएका छन् । आइतबार साँझ एक्कासी आएको हावाहुरीले र बारा र पर्सामा २७ जनाको ज्यान गएको छ भने ५ सयभन्दा बढी घाइते भएका छन्।
राति साढे आठ बजेतिर बेस्सरी चलेको हावाले बाराको फ्रेटा, पर्सौनी, महागढीमाई र सुवर्ण गाउँपालिका र पर्साको वीरगञ्जमा ठूलो मानवीय क्षति पुगेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले दुई तिरबाट आएका चिसो र तातो हावाका प्रणाली बाराको आकाशमाथि भेट हुँदा भूमरी चलेको जानकारी दिए ।
एकातिर भू-मध्य सागरबाट आएको पश्चिमी वायुको प्रणाली पोखरा हुँदै दक्षिणपूर्व गइरहेको र अर्कोतिर बंगालको खाडी र अरेबियन सागरबाट आएको प्रणाली भारतबाट उत्तरपूर्व गइरहेको र यी दुई प्रणाली बाराको आकाशमा एकअर्कामा मर्ज हुँदा ठूलो भूमरी र हावाहुरी चलेको उनको भनाई छ ।
माथिबाट बेगमा गइरहेको चिसो हावा र तलबाट त्यसरी नै आएको तातो हावासँग ठोक्किदा तल झरेको उनको भनाई छ । हुरी चल्दा हावा प्रतिसेकेण्ड १८ मिटरको गतिमा बहन्छ । तर हिजो राति बारामा प्रतिसेकेन्ड ३५ मिटरको गतिमा हावा चलेको देखिन्छ।





























प्रतिक्रिया