बर्दियामा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

बर्दियामा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बर्दिया

बर्दियाको बनगाईमा २ वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

आज बिहान भएको दुर्घटनामा बर्दियाको मधुवन नगरपालिका १ इन्द्रपुरका २१ वर्षका सुरज चौधरी र कृष्णा चौधरी तथा बर्दिया नगरपालिका ९ का २३ वर्षका खगेन्द्र बस्नेतको ज्यान गएको इलाका प्रहरी कार्यालय बाँसगढीले जानकारी दिएको छ ।

भे ८ प ६९६८ र बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । यस सम्बन्धमा थप अनुसन्धान हुँदै गरेको प्रहरीले जनाएको छ ।

ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

यता कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटाको राजश्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–१ भलुही निवासी २२ वर्षीय सनी थारू रहेका छन् ।

दुर्घटनाबाट गम्भीर घाइते भएका थारूको सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि राति नै शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनुभयो ।

Logo