कर्मचारी समायोजनमा गुनासोका चाङ

कर्मचारी समायोजनमा गुनासोका चाङ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पत्रकार सम्मेलन मार्फत् कर्मचारी समायोजन प्रक्रिया सम्पन्न भएको जानकारी गराई नसक्दै एक हुल सहायक महिला विकास निरीक्षक (समविनि) मन्त्रालयमा समायोजनप्रति गुनासो जनाउन उपस्थित भइसकेका थिए ।

करिब ५० जनाको संख्यामा उपस्थित भएका ती समविनिहरुको एउटै गुनासो थियो – समायोजन प्रक्रियामा व्यापक लापरवाही गरियो । ‘तनहुँको मानिसलाई संखुवासभा पु¥याइएको छ, अर्घाखाँचीको लाई धनुषा’, नाम उल्लेख नगरिदिन अनुरोध गर्दै एक जना समविनिले भनिन् । त्यसरी गुनासो लिएर आउने महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका मात्र नभई अन्य क्षेत्रका कर्मचारी पनि थिए ।

‘समायोजन फर्ममा भरे अनुसार नगर्ने भए किन फर्म भराएको ? यस्तो मनपरी गर्न पाइन्छ ?’, उस्तै गुनासो गर्न आएका कृषि शाखाका एक कर्मचारी आक्रोश पोख्दै थिए । सरकारले कर्मचारीलाई समायोजन भई जाने स्थान छनोट गर्न अनलाइन फर्म भर्न लगाएको थियो । कर्मचारीले रुचि देखाएको स्थानमा कर्मचारी समायोजन अध्यादेश–२०७५ ले तोकेको प्राथमिकताक्रम अनुसार समायोजन गर्ने सरकारले जनाएको थियो ।

समायोजनप्रति असन्तुष्ट कर्मचारीको गुनासो आउन थालेपछि मन्त्रालयले सहसचिव रुपनारायण भट्टराईको नेतृत्वमा गुनासो सुनुवाइ समिति नै गठन गरेको छ । उक्त समितिले चैत २० गतेसम्म गुनासो दर्ता गर्नेछ ।
नागरिकबाट

Logo