जब निर्वस्त्र मूर्तिहरुको वक्षस्थल कपडाले छापियो

जब निर्वस्त्र मूर्तिहरुको वक्षस्थल कपडाले छापियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इण्डोनियाको एक पार्कले दुई निर्वस्त्र मूर्तिहरुको वक्षस्थल ढाकिएको छ । ‘पूर्वीय मान्यता’ लाई सम्मान गर्नको लागि भन्दै जाकार्ताको एनकोल ड्रिमल्याण्डले दुई निर्वस्त्र मूर्तिहरुको वक्षस्थल ढाकेको हो ।

दुई जलपरिहरुको मूर्तिहरुका स्तनलाई कपडाले ढाकिएको हो । यो मूर्तिहरु यहाँ पछिल्लो पन्ध्र वर्षदेखि छन् । तर हाल यी मूर्तिहरुको स्तनमा सुनौलो रंगको कपडा लगाइएको छ ।

यसबाट सहरका कयैन मानिसहरुलाई भ्रम छ र प्रश्न उब्जिएको छ । पार्क घुम्न आउने मानिसहरु यस्तो कार्यको लागि पार्क प्रशासनलाई दवाव त आएको होइन भन्ने प्रश्न गरिरहेका छन् ।

तथापी पार्क प्रशासनले यसलाई अस्वीकार गरेको छ । उसले अघिल्लो वर्ष नै स्तन ढाक्ने निर्णय भएको जनाएको छ । यस विषयमा बोल्दै पार्कका प्रवक्ता रिका लेस्तरीले भने, ‘यो पुरै हिसाबले व्यवस्थापनको निर्णय हो । यसमा कुनै बाहिरी दबाव छैन ।’

उनले यो फैसलाको प्रतिरक्षा गर्दै पछिल्लो कार्यबाट पार्क परिवार–मैत्री भएको बताए । जलपरीको मूर्ति बनाउने कलाकार डोलोरोसा सिनागाले यसबारेमा प्रतिक्रिया दिँदै भने, ‘पार्क प्रशासनको फैसलाले मूर्तीबाट सुन्दरता खोसिएको छ ।’ जलपरिहरुको वक्षस्थल ढाक्ने कार्यबाट पार्क आउने धेरै मानिसहरु पनि निराश बनेको बीबीसीले जनाएको छ ।

मूर्तिहरुलाई कपडाले ढोकेको इण्डोनेशियामा पहिलो पटक भने होइन । यसअघि पनि मूर्तिको वक्षस्थल ढाकिएको थियो ।

Skip This
Skip This
Logo