जब आमाछोरीको कम्मरमा ६ किलो चरेश भेटियो

जब आमाछोरीको कम्मरमा ६ किलो चरेश भेटियो

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज । लागुऔषध गाजासहित आमा छोरी पक्राउ परेका छन् । बिहीबार बिहान वीरगन्जको इनर्वाबाट प्रहरीले लागुऔषध गाजासहित आमा छोरीलाई पक्राउ गरेको हो । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले लागुऔषध चरेशको धुलो ६ किलोसहित आमाछोरीलार्इ पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका १० मा स्थायीघर भई हाल वीरगन्ज महानगरपालिका १ छपकैयामा डेरा गरी बस्ने ३८ वर्षीया अन्जुदेवी कर्ण र उनकी १४ वर्षीया छोरी रहेकी छन् । छोरीको नाम भने प्रहरीले गोप्य राखेको छ ।

वीरगन्ज महानगरपालिका(१९ इनर्वा चोकस्थित सडकमा चेकजाँचमा खाटिएको प्रहरीको टोलीले २४ वटा प्याकेटमा रहेको ६ किलो लागुऔषध चरेशको धुलोसहित पक्राउ गरेको हो।

वीरगन्जबाट रक्सौल पैदल जाँदै गरेका आमा छोरीलाई शंका लागेर चेकजाँच गर्दा शरीरमा प्लाटिकको टेपले बेरर राखिएको अवस्थामा चरेश फेला परेको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

प्रहरी हिरासतमा रहेकी अन्जु देवीले वीरगन्जमा एकजना व्याक्तिले लागु‍औषध रक्सौल पुर्‍याइ दिन आग्रह गरेका थिए। ति व्यक्तिले ४ हजार रुपैयाँ आफूलाई दिएपछि लागुऔषध पुर्‍याउन रक्सौल गएको प्रहरीसमक्ष बयान दिएकी छन् ।

Logo