काठमाडौं
चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५/७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ ।
आन्तरिक ऋण तीन खर्ब ८५ अर्ब ६८ करोड रुपैयाँ छ । यस्तै वैदेशिक ऋण पाँच खर्ब ६१ अर्ब ७४ करोड रुपैयाँ छ । यो ऋण आवको कुल गार्हस्थ उत्पादनको ३१.६८ प्रतिशत हो । त्यसमा आन्तरिक ऋण १३ प्रतिशत र वैदेशिक ऋण १८.६७ प्रतिशत छ ।
कुल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस अवधिसम्म प्रतिव्यक्ति ऋण दायित्व ३२ हजार ९ सय ७८ रुपैयाँ छ । गत आवको प्रतिव्यक्ति ऋण दायित्व ३१ हजार सात सय ७५ रुपैयाँ छ । महालेखा नियन्त्रक कार्यालयले गत वैशाखसम्म यस्तो ऋण २९ हजार रुपैयाँ पुगेको जनाएको थियो। यसले ऋणको भार थपिँदै गएको देखाउँछ ।
आर्थिक सर्वेक्षणले आन्तरिक र बाह्य ऋण ९ खर्ब ४७ अर्ब पुगेको देखाए पनि त्यसको सही परिचालन हुन नसक्नु दुर्भाग्यपूर्ण भएको अर्थविद् बताउँछन् । ‘ऋणभार बढेर चिन्ता गर्नुपर्ने विषय त होइन । तर मुलुकमा ऋण सही ढंगले परिचालन गर्न सक्नुुपर्छ’, अर्थविद् केशव आचार्यले भने, ‘सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ३१.६८ प्रतिशत पुग्नु अर्थतन्त्रका लागि चिन्ता गरिहाल्नु पर्ने विषय नभए पनि प्राप्त ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिनुपर्ने मुख्य विषय हो ।’
अन्नपूर्णबाट































प्रतिक्रिया